मन्त्रिपरिषद्ले भोलि पूर्णता पाउँदै, जेन–जीको सिफारिसमा को–को बन्दैछन् मन्त्री ?

मन्त्रिपरिषद्ले भोलि पूर्णता पाउँदै, जेन–जीको सिफारिसमा को–को बन्दैछन् मन्त्री ?


ग्लोब नेपाल
4.4k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छन् । प्रधानमन्त्री निकट स्रोतले मन्त्रिपरिषद्मा जानेहरूको नाममा सहमति नजिक पुगेको जनाउँदै आज या सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाएको हो ।

जेन–जीका प्रतिनिधिले आफ्नो तर्फबाट मन्त्रीका लागि प्रस्तावित नामहरू पठाइसकेको जानकारी दिएका छन् । अब अन्तिम निर्णय प्रधानमन्त्रीले नै गर्ने स्रोतको भनाइ छ । सरकारलाई समावेशी तथा जेन–जीको प्रतिनिधिमूलक बनाउने प्रया सस्वरूप मन्त्रिपरिषद् विस्तारमा केही ढिला भए पनि सोमबारसम्ममा सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको सचिवालयको दाबी छ ।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन् । कार्कीले विभिन्न पेशा, व्यवसायमा आबद्ध ब्यक्तिहरूसँग छलफल गरेको भए पनि जेन–जीका प्रतिनिधिसँग सहमति हुन नसक्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ हुँदै आएको हो ।