नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या


ग्लोब नेपाल
459
Shares

काठमाडौं । गत २३ र २४ मा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका– १२ गागलका वर्ष ३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिएका छन् ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् ।