एआईजी केसीलाई सिआईबीको जिम्मेवारी

एआईजी केसीलाई सिआईबीको जिम्मेवारी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान गरेका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुखको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले केसीलाई सिआईबीको जिम्मेवारी दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

तत्कालीन सिआईबी प्रमुख चन्द्रकुबेर प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सिआईबी प्रमुखबिहीन थियो ।

अपराध अनुसन्धान कार्यालय काठमाडौंको प्रमुख हुँदा केसीले कार्यालयबाटै गायब पारिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल खोजेर अनुसन्धान अघि बढाएका थिए । तत्कालीन केसी आफैंले काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उक्त प्रकरणमा पक्राउ गरी थुनेका थिए ।

केसीले १२ चैत २०७९ मा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा रकम असुल गर्ने कार्यमा संलग्न केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानबाट उक्र प्रकरणमा पूर्वगृहमन्त्री खाण, पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको संलग्नता खुल्यो ।

थप अनुसन्धान गर्दै जाँदा एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवानिकट व्यक्तिहरुसम्म अनुसन्धानको सुई सोझियो । सोही प्रकरणमा फरार बेचन झालाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएपछि पोल खुल्ने डरले काँग्रेस र एमालेबीच रातारात गत वर्षको असार १७ गते राति ७ बुँदे सहमति भएको ठानिन्छ । झालाई पक्राउ गरेर ल्याउनमा पनि केसीले महत्वपूर्ण भूकिका खेलेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरेर सर्वसाधारणमाझ वाहवाही कमाएका उनलाई पूर्ववर्ती सरकारहरुले प्रतिशोधपूर्ण व्यवहार गरेका थिए । खाणलाई पक्रिएको बदला लिन उनलाई जिम्मेवारीबाटै हटाइएको थियो । केपी ओली नेतृत्वको निवर्तमान सरकारले उनलाई डिआईजीबाट एआईजी बढुवामै छुटाउन खोजेको थियो ।

तर, जनदबाब आउने भयका कारण सरकारले केसी र दानबहादुर कार्कीलाई सँगै बढुवा गरेको थियो । बढुवापछि पनि उनलाई राम्रो जिम्मेवारी नदिएर प्रदेश समन्वय विभागमा थन्काइएको थियो ।