काठमाडौं । शिक्षा मन्त्रालयलाई लैनचौरस्थित केशरमहलमा सारिएको छ ।
जेनजी आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि प्रयोग गर्न अयोग्य भएको छ । त्यसैले अहिले उक्त मन्त्रालयले लैनचौरस्थित केशरमहलमा अस्थायी रूपमा सेवा प्रवाह गरिरहेको छ ।
उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षा मन्त्रीको पदभार ग्रहण पनि हुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महावीर पुन सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई शिक्षा मन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया