ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली भेटियो

ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली भेटियो


ग्लोब नेपाल
162
Shares

काठमाडौं । प्रहरीले काठमाडौंबाट ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामानसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने उदयपुरगढी गाउँपालिका–८ घर भएका ३० वर्षीय हिराबहादुर मगर रहेको प्रहरीले जनाएको छ । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त पार्किङ स्थलमा हिराबहादुरले पार्किङ गरी राखेको बागमती प्रदेश ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।