काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अझै केही महत्वपूण मन्त्रालय प्रधानमन्त्री मातहतमै राखेकी छन् । प्रधानमन्त्री कार्कीले सकेसम्म एक-दुई दिनभित्रै अरू तीन जना मन्त्री नियुक्त गर्ने तयारी गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा अहिले परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकस युवा तथा खेलकुदस वन तथा वातावरणस श्रम, रोजगार तथा सामाजिक सुरक्षास संस्कृति, पर्यटन तथा नागरिक उड्डयनस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । यीमध्ये परराष्ट्र मन्त्रालयको नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्कीले आफ्नो टिमसँग घनिभूत छलफल गरेकी छन् । परराष्ट्रमा महानायक राजेश हमालको नामसमेत चर्चामा रहेको छ ।
हमाल भने यतिवेला अष्ट्रेलियामा छन् । हमाल कुटनीतिक परिवारबाट प्रतिनिधित्व गर्छन् । उनका पिता स्वर्गीय चुडाबहादुर हमाल राजदूत भैसकेका व्यक्तित्व हुन् । हमालका पिताले पाकिस्तानको लागि राजदुत भएर काम गरेका थिए । चुडाबहादुर रसियामा पनि काम गरिसकेका व्यक्तित्व हुन् ।


प्रतिक्रिया