जेनजी आन्दोलनको अगुवाइ आफूहरूले नगरेको रास्वपाको प्रष्टीकरण

जेनजी आन्दोलनको अगुवाइ आफूहरूले नगरेको रास्वपाको प्रष्टीकरण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी पुस्ताले गरेको आन्दोलनमा आफ्नो पार्टीको समर्थन भए पनि अगुवाइ नगरेको प्रष्टीकरण दिएको छ ।

मंगलबार केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता मनिष झाले आन्दोलनको क्रममा २४ गतेको घटना सोचेको भन्दा फरक भएको बताएका हुन् ।

उनले भने, ‘२४ गतेको घटनामा सहभागीताका लागि हाम्रो कुनै आह्वान थिएन । आगजनी र लुटपाट हाम्रो पार्टीको सिद्धान्त पनि होइन । अरू पार्टी नेता कार्यकर्ताले आगजनी र तोडफोडमा संलग्न भएको पुष्टि हुँदा समेत चुइँक्क बोलेको छैन । तर हाम्रो पार्टी कार्यकर्ताहरूले स्वतः राजीनामा दिनुभयो ।’

उनले अरू पार्टीले अपराधीहरूको संरक्षण गरेपछि आफूहरूले अनुसन्धानमा सघाउ पुर्‍याइरहेको दाबी गरेका छन् ।