सिंहदरबारमा प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलको भेटवार्ता

सिंहदरबारमा प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलको भेटवार्ता



काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटमा हालको शान्ति–सुरक्षा अवस्थाबारे छलफल भएको जनाइएको छ।

जेनजी आन्दोलनपछि केपी शर्मा ओलीको सरकार ढलेसँगै नेपाली सेनाको पहलमा सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन्।

प्रधानमन्त्री बनेपछि कार्की र प्रधानसेनापति सिग्देलबीच भएको यो भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।