सिंहदरबार बालेनले जलाएको ओलीको भनाइ

सिंहदरबार बालेनले जलाएको ओलीको भनाइ


ग्लोब नेपाल
621
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार योजनाबद्ध रूपमा जलाएको बताएका छन् । गुण्डुस्थित निवासमा भेट्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले सिंहदरबार जलाउने योजनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) संलग्न भएको आशय व्यक्त गरेका हुन् । जेन–जी आन्दोलनपछि पहिलो पटक कार्यकर्तामाझ भिडियोमा देखिएका ओलीको सम्बोधन एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले फेसबुकमा राखेका छन् । ओलीले भने, ‘यो देश हाम्रो हो, हामीले बनाउने हो भन्ने भावना राख्नुपर्दछ ।

अहिले अरूको उच्चालाईमा गएर कसले जलायो र ? थाहा छैन । सिंहदरबार जलाइयो, कसले जलायो ? देशलाई माया गर्ने मान्छेले, इतिहासलाई माया गर्ने मान्छेले, सिंहदरबार जलायो होला र ? पक्कै जलाएन ।’ अरू नै कुनै घुस पैठिया तत्त्वहरूले नै सिंहदरबार जलाएको उनले बताएका छन्। ‘जो पहिलेदेखि नै भन्दै थिए, सिंहदरबार जलाउँछु,’ ओलीले अगाडि भनेका छन् ।

उनको यो अभिव्यक्ति सिधै बालेन लक्षित छ। बालेनले नै कुनै समय ‘सिंहदरबार जलाउने’ अभिव्यक्ति फेसबुकमा पोस्ट्याएका थिए। त्यही अभिव्यक्तिका कारण अहिले उनी आलोचित पनि छन् । यस्तै संसद् भवन जलाउन धेरै पटक हमला भएको पनि ओलीले दाबी गरेका छन् ।

‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हाल संसद् भवन) तिर हमला गरेको थोरै पल्ट त भएन, धेरै पल्ट भइसक्यो । अथवा यो एउटा उनीहरूको योजनाबद्ध काम हो। यस्तो कुरा हामीले बुझ्नुपर्दछ,’ ओलीले भनेका छन् ।