म मन्त्रालयमा टीम बनाउन व्यस्त छु, अनावश्यक फोन, म्यासेज नगर्नु होला: शिक्षामन्त्री पुन

म मन्त्रालयमा टीम बनाउन व्यस्त छु, अनावश्यक फोन, म्यासेज नगर्नु होला: शिक्षामन्त्री पुन


ग्लोब नेपाल
108
Shares

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन अनुरोध गरेका छन् । मन्त्री पुनले आफू मन्त्रीमा नियुक्त भएपछि हजारौँ फोन र म्यासेज आइरहेको उल्लेख गरेका छन् ।

उनले सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन्, ‘अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला ।’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए । उनको माग अनुसार उनलाई मन्त्रालयभित्रै खाने–बस्ने व्यवस्था मिलाइएको छ ।