निजामती कर्मचारी युनियनद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

निजामती कर्मचारी युनियनद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण



काठमाडौं। निजामती कर्मचारीका ६ वटा ट्रेड युनियनका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सार्वजनिक प्रशासनलाई भयरहित र सुरक्षित वातावरणमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल, कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालसहितका प्रतिनिधिहरूले पछिल्लो समय तोकिएका पदाधिकारीको राजीनामा माग गर्ने तथा कानुनअनुसार सञ्चालनमा रहेका संस्थालाई विघटन गर्न दबाब दिने गतिविधि देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले राष्ट्रसेवक कर्मचारीले सुरक्षित वातावरण नपाए निर्वाचनमा खट्ने मनोबल कमजोर हुने भन्दै सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए। यसअघि यिनै युनियनहरूले मुख्यसचिवलाई समेत भेटेर ज्ञापनपत्र बुझाएका थिए।