नेप्सेमा कर्मचारी आन्दोलन, अध्यक्ष र सीईओ प्रहरीद्वारा उद्धार

नेप्सेमा कर्मचारी आन्दोलन, अध्यक्ष र सीईओ प्रहरीद्वारा उद्धार



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरू आन्दोलित भएका छन्। आन्दोलनकारीहरूले माग पूरा गर्न दबाब दिँदै मङ्गलबार रातिसम्म नेप्सेका अध्यक्ष मेहनत बस्याल र प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँलाई कार्यालयमै रोकेका थिए।

नेप्से स्रोतका अनुसार राति करिब १२ बजे प्रहरी आएर अध्यक्ष र सीईओलाई उद्धार गरेको हो। उद्धारपछि उनीहरू बुधबार कार्यालयमा उपस्थित भएका छैनन्।

तर, नेप्से कर्मचारी युनियनका अध्यक्ष नवराज थापाले उनीहरूलाई “थुनेको” आरोप अस्वीकार गर्दै, “हामी नेप्से सुधारका माग राख्दै धर्नामा थियौँ, उहाँहरू पनि त्यहीँ हुनुहुन्थ्यो, पछि प्रहरीले लग्यो,” भनेका छन्।

कर्मचारीहरूले नेप्सेमा सुधारको माग गर्दै नेतृत्वरत व्यक्तिहरू राजनीतिक दबाबमा संस्था कमजोर बनाउन खोजेको आरोप लगाएका छन्।