निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक



काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेकाे छ ।

लेखककी आमा शारदादेवी लेखकको बिहीबार अपराह्न ४ बजे ८९ वर्षको उमेरमा निधन भएको हो ।

लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार, दमबाट ग्रसित उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रमेश लेखक उनका एकमात्र छोरा हुन् । उनका चार छोरी छन् ।