अपराधीहरुले मलाई बालुवाटारमै मार्न खाजेका थिए: ओली

अपराधीहरुले मलाई बालुवाटारमै मार्न खाजेका थिए: ओली

‘देशद्रोही,अपराधी तत्वहरू विभिन्न ठाउँमा र ओहोदामा पुगेका रहेछन् । त्यस्ता तत्वलाई नियन्त्रणमा लिइने छ ।’


ग्लोब नेपाल
216
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफूलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मार्ने योजना बनाइएको दाबी गरेका छन् । भक्तपुरको गुण्डुस्थित नयाँ निवासमा कार्यकर्ताहरुसँग कुरा गर्दै ओलीले गत २४ भदौमा बालुवाटारबाट हेलिकोप्टरमा भाग्नुअघि मार्ने योजना बनाइएको बताए ।

जेन-जी प्रदर्शन उग्र भएपछि ओली सोही दिन प्रधानमन्त्रीबाट राजीनामा दिएर सैनिक हेलिकोप्टरमा बालुवाटारबाट भागेका थिए । आफूले त्यहाँबाट हिंड्न ५ मिनेट ढिला गरेको भए मारिने उनको भनाइ छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि योजनाबद्ध रुपमै भाइते बनाएको बताए ।

‘बालुवाटार छाड्न ५ मिनेट ढिला गरेको भए भए मलाई मार्ने योजना बनाएका थिए । शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालकै योजना थियो,’ ओलीले भने । आफू सत्ताच्युत हुनुमा सुरक्षा संयन्त्रको असहयोग पनि मुख्य कारण रहेको उनको भनाइ थियो ।

सुरक्षा निकायले आन्दोलन नियन्त्रणमा लिन केही पनि गर्न नसक्ने बताएपछि आफूले राजीनामा दिएको र केही पनि तयारी गर्न नभ्याएको उल्लेख गरे ।

तर, सेनाले भगाएर ज्यान बचाइदिएको ओलीले बताए । ओलीले मुलुक र प्रणालीविरुद्ध ठूलो षड्यन्त्र भएकाले मनोबल उच्च बनाएर देश जलाउने अपराधीहरुसँग लड्न कार्यकर्तालाई निर्देशन दिए । ओलीले देश जलाउने देशद्रोही र अपराधी तत्वहरू विभिन्न ठाउँमा, पद, ओहोदामा रहेको आरोप लगाए । त्यस्ता तत्वलाई नियन्त्रणमा लिइने चेतावनी उनको छ ।

‘देशद्रोही,अपराधी तत्वहरू विभिन्न ठाउँमा र ओहोदामा पुगेका रहेछन् । त्यस्ता तत्वलाई नियन्त्रणमा लिइने छ ।’