काठमाडौं । नेप्से परिसूचक आज ११.५१ अंकले बढेको छ । आज ०.४३ प्रतिशतले बढेर २,६६३.५१ बिन्दुमा बन्द भएको छ । यस दिन दुई अर्ब ९३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
दसैँ बिदा हुनुभन्दा अघिको अन्तिम दिन नेप्से परिसूचक बढ्दा कारोबार रकममा कमी आएको छ । आज १७० कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ६९ कम्पनीको सेयर मूल्य घटेको छ । बाह्र कम्पनीको सेयरमूल्य स्थिर छ ।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २२ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया