नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन बैठकमा ऊर्जा मन्त्री घिसिङ सहभागी हुने

नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन बैठकमा ऊर्जा मन्त्री घिसिङ सहभागी हुने



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्लीमा आगामी कात्तिक १० देखि १३ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा सहभागी हुने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री घिसिङलाई उक्त बैठकमा जान स्वीकृति दिएको छ ।

कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई सहभागी स्वीकृति दिने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।