गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेटवार्ता

गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेटवार्ता



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरूले भेट गरेका छन् । बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्वीट्जरल्याण्डका राजदूहरूले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ ।

नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा पनि छलफल भएको बताइएको छ ।