ओली अस्वस्थ भएपछि एमालेको सचिवालय बैठक स्थगित

ओली अस्वस्थ भएपछि एमालेको सचिवालय बैठक स्थगित



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आज बस्न तय गरिएको बैठक स्थगित गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

उनका अनुसार बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

अध्यक्ष ओलीको निवास गुण्डुमा हिजो झन्डै साढे ६ घन्टा बैठक चलेर आजका लागि स्थगित भएको थियो । हिजोको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए ।