तत्काल कार्यबहाक सभापति तोक्न देउवालाई शशांक कोइरालाको सुझाव

तत्काल कार्यबहाक सभापति तोक्न देउवालाई शशांक कोइरालाको सुझाव


ग्लोब नेपाल
459
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए ।

नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरूलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए । कोइरालाले मङ्सिर सम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे ।

नेता कोइरालाले भने, ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नु पर्छ । मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस् । एक जनालाई कार्यबहाक सभापति दिनुस् ।

उनले गठन गर्दछन् । र उनले मिति तय गर्दछन् । मलाई लाग्दछ–मङ्सिर सम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।’ कोइरालाले अब बन्ने कार्यवाहक सभापतिले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताए ।