आजको एमाले सचिवालय बैठकबाट महत्त्वपूर्ण निर्णयको अपेक्षा

आजको एमाले सचिवालय बैठकबाट महत्त्वपूर्ण निर्णयको अपेक्षा



काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान बस्दै छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भई (आज) आइतबार बिहान ११ बजेका बस्ने लागेकाे हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकीले सताएपछि शनिबारको बैठक स्थगित गरिएको थियो ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको थियो । बैठकले राष्ट्रिय एकता कायम गर्न, दलबीच सहकार्य बढाउन र देशभर एकताको वातावरण सृजना गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकमा सचिवालय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । यस क्रममा उठेका विषयवस्तु र प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्यदिशा तय गर्नेतर्फ बैठक केन्द्रित हुनेछ । विशेषगरी, जेनजी आन्दोलनले पारेको प्रभाव, युवापंक्तिलाई परिचालन गर्ने भावी योजना र महाधिवेशनको तयारी लगायतका विषयमा महत्त्वपूर्ण निर्णय हुन सक्ने सम्भावना छ ।