पूर्व एआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर ब्युरोमा उजुरी

पूर्व एआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर ब्युरोमा उजुरी


ग्लोब नेपाल
243
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयलले नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ ।

पूर्व एआईजी सुवेदीले एक युट्युब च्यानलमा कुराकानीको क्रममा २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दुई दिनअघि माओवादी अध्यक्ष प्रचण्डको खुमलटार स्थित निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको खुलासा गरेका थिए । सुवेदीको उक्त अभिव्यक्तिको खण्डन गर्दै माओवादीले बिहिबार साइबर ब्युरोमा उजुरी दिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले आइतबार साइबर व्युरोमा उजुरी दर्ता गरी अनुसन्धान गर्न भनिएको जानकारी दिए ।‘झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ ।

सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘संयोजकको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।’