जेन–जी आन्दोलनपछि नेविसंघको दबाब, कांग्रेसभित्र ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

जेन–जी आन्दोलनपछि नेविसंघको दबाब, कांग्रेसभित्र ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

देउवामाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग



काठमाडौं । नेपाली कांग्रेससँग आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति शेरबहादुर देउवा र आरजु राणामाथि भएको कुटपिट घटनामा संलग्नहरूमाथि कारबाही गर्न माग गरेको छ।

‘जेन–जी आन्दोलन’पछि उत्पन्न राजनीतिक अवस्थाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले उक्त घटना योजनाबद्ध रूपमा गराइएको दाबी गर्दै निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरे।

शेर्पाले जेन–जी आन्दोलनले उठाएका विषयहरूलाई अब संगठनमार्फत संस्थागत रूपमा अघि बढाइने बताए। उनले राजनीतिक दलहरूको पुनर्संरचना गरी पार्टी, संसद र स्थानीय तहमा युवाको न्यूनतम ४० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारे।

फागुन २१ गते निर्वाचन तोकिएकाले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्न पनि माग गरेको छ।