टीओबी समूहका तेन्जेन दावामाथि ६ दिन म्याद थप

टीओबी समूहका तेन्जेन दावामाथि ६ दिन म्याद थप



काठमाडौं । टिओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जेन दावालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुसन्धानको लागि म्याद थप गरिएको छ ।

उनीमाथि अभद्र व्यवहार कसूरमा ६ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टिओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका उनको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको थियो ।

दावाले बिजुलीबजारको पुलमा अर्का एक युवाबाट पेस्तोल लिएर कम्मरमा भिरेको देखिने भिडियो सार्वजनिक भएको थियो ।

सोही भिडियोबारे अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो । जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएको र टीओबी समूहले प्रदर्शनलाई हिंसात्मक बनाउन भूमिका खलेको आरोप समेत लागेको छ ।

काठमाडौं प्रहरीले दावालाई आइतबार साँझ पक्राउ गरेको थियो ।