प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट


ग्लोब नेपाल
270
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबार बिहान प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट परेको हो ।

उनका अनुसार, सरकार असंवैधानिक रहेको भन्दै एक र प्रतिनिधि सभा विघटनविरुद्ध दुईवटा गरी तीन रिट दर्ता भएका छन् । ‘रिट अध्ययनकै क्रममा छ । अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ प्रवक्ता कोइरालाले भने ।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत भवनमा आगलागी भएर पूर्ण रूपमा जलेपछि अदालतले नयाँ मुद्दा लिन सकेको थिएन । आगलागीमा झण्डै ८० प्रतिशत मुद्दाका मिसिल नष्ट भएका थिए ।

पुराना मुद्दा तत्काल अघि बढाउन नसक्ने अवस्थामध्ये मंगलबारदेखि सर्वोच्चले नयाँ मुद्दा दर्ता गर्न सुरु गरेको हो । नयाँ मुद्दा लिन थालेको पहिलो दिन नै प्रतिनिधि सभा विघटनसम्बन्धी रिट परेको हो ।

जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्ने घोषणा गरेका थिए ।