दुई महिनामा तीन खर्ब ५२ अर्ब भित्रियो रेमिट्यान्स

दुई महिनामा तीन खर्ब ५२ अर्ब भित्रियो रेमिट्यान्स



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । गत वर्षको भदौ महिनासम्मको तुलनामा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो । ०८२ भदौ महिनामा मात्र रेमिट्यान्स एक खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको छ ।