काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । कोषको वर्ल्ड इकोनोमिक आउटलुकले यसभन्दा अघिको नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई सामान्य रुपमा घटाउँदै नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो ।
यसअघि गएको अप्रिलको वर्ल्ड इकोनोमिक आउटलुकले नेपालमा चालू आर्थिक वर्ष अर्थात् सन् २०२५ मा ५.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । विश्व बैङ्कले नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई व्यापक रुपमा घटाएको छ । तर, कोषले भने विगतको प्रक्षेपणमा सामान्य मात्रै कम गरेको हो ।
सन् २०२५ को अप्रिलमा संयुक्त राज्य अमेरिकाले व्यापक ट्यारिफ घोषणा गरेर विश्व अर्थतन्त्रलाई नै प्रभावित भएको आईएमएफले जनाएको छ । यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि ३.२ प्रतिशत र अर्को वर्ष ३.१ प्रतिशत रहने अनुमान आईएमएफको छ ।


प्रतिक्रिया