काठमाडौं । जनमत पार्टीबाट विभाजित भई गठित जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले हिजो दल दर्ताको निवेदन, विधान, झण्डा, चुनाव चिह्नसहितका विवरणलाई आफ्नो अभिलेखमा समावेश गर्ने निर्णय गरेको जनाएको हो ।
पार्टीको अध्यक्षमा दीपककुमार साह रहेका छन् । जनमतका दुई जना प्रदेश सांसद पनि जनस्वराज पार्टीमा गएका छन् ।
मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया चलिरहेको बेलामा कामचलाउ मुख्यमन्त्री सतिशकुमार सिंह जनस्वराज पार्टीमा गएका छन् । पूर्वमन्त्री त्रिभुवन साहले पनि मधेश प्रदेश निर्वाचन कार्यालयमा पुगेर जनस्वराज पार्टीमा सनाखत गरेका छन् ।


प्रतिक्रिया