काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार हालसम्मकै सबै रेकर्ड तोड्दै नयाँ इतिहास कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा एकै दिन २ हजार रुपैयाँको भारी वृद्धि भएपछि सुनको मूल्यले कीर्तिमानी उचाइ चुमेको हो ।
यो वृद्धि नेपाली सुन बजारका लागि एउटा महत्वपूर्ण घटना हो । बुधबार प्रति तोला २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार थप २ हजार रुपैयाँले बढेर अकल्पनीय बिन्दुमा पुगेको हो । महासंघका अनुसार, १० ग्राम सुनको मूल्य पनि २ लाख १५ हजार १०५ रुपैयाँ पुगेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । बुधबार प्रति तोला ३ हजार २४० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया