मधेसमा मुख्यमन्त्री सोनल र दुई मन्त्रीले लिए शपथ

मधेसमा मुख्यमन्त्री सोनल र दुई मन्त्रीले लिए शपथ



धनुषा । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनार ‘सोनल’ ले शपथ लिएका छन् ।

बिहीबार मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी -लोसपाका नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई एक सिटको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ ।

उनीसँगै गणेश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका हुन् ।