काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिहरूबिच शीतल निवासमा छलफल जारी छ । बिहीबार अपराह्न साढे ५ बजेदेखि जेनजीका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले छलफल गरिरहेका हुन् ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीसहित जेनजीहरु सहभागी छन् ।
छलफलमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता लगायत जेनजीहरु सहभागी छन् ।
त्यस्तै ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशीसहितका जेनजीहरु पनि छलफलमा सहभागी छन् ।
वार्तामा जेनजी आन्दोलनका एजेन्डा र मन्त्रीपरिषद विस्तार लगायतका विषयमा छलफल हुँदैछ ।


प्रतिक्रिया