काठमाडौं । इनरुवा–पूर्णिया ४०० केभी र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि नेपाल–भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनी स्थापना गर्ने निर्णय भएको छ ।
नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त लगानीमा कम्पनी स्थापना गर्ने भएको हो । मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले उक्त कम्पनीमा प्राधिकरणले एक अर्ब रुपैयाँ र दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्न स्वीकृति दिएको छ ।
सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले प्राधिकरणलाई कम्पनी स्थापना र लगानी गर्न स्वीकृति दिएको जानकारी दिए ।


प्रतिक्रिया