नेतृत्व छोड्न ओलीलाई ठाकुर गैरेको आग्रह

नेतृत्व छोड्न ओलीलाई ठाकुर गैरेको आग्रह



काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य ठाकुर गैरेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टी रुपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा नबुझ्न आग्रह गरेका छन ।

उनले अहिलेको राजनीतिक परिस्थितिको ठोस विश्लेषण गर्न आग्रह गर्दै बैठकमा प्रस्तुत प्रस्ताव पूरा गर्नुपर्ने बताएका छन् । नेता गैरेले संविधान संशोधनको कुरा गरिरहे पनि ठोस निर्णय नहुनुले एमालेको स्पष्ट मार्ग नदेखिएको संकेत गरे ।

गैरेले भने, ‘सबै कुरा ध्वस्त भएको छ । कम्युनिष्ट आन्दोलन कति बलियाे हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निस्कर्ष निकालौं । हामीले संविधान संशोधनको कुरा गरिरहेका थियौं । हामीसँग ठोस निर्णय थिएन । वाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो र वाम–लोकतान्त्रिक सरकार पनि ढल्यो । यस्तो समयमा पार्टी रुपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रुपमा बुझ्न हु्न्न । म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔं भन्ने अनुरोध गर्दछु ।’