जेनजी आन्दोलनमा प्रदर्शनकारीतर्फ २२ जनाको मृत्यु : सेना

जेनजी आन्दोलनमा प्रदर्शनकारीतर्फ २२ जनाको मृत्यु : सेना



काठमाडौं । नेपाली सेनाले गत भदाै २३ र २४ गते भएको जेन–जी आन्दोलनमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको जानकारी दिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले ७६ जनामध्ये २२ जना प्रदर्शनकारी, १० जना कैदी र तीन जना प्रहरीको मृत्यु भएको जानकारी दिएको हो ।

मृत्यु हुने ७६ जनामध्ये ४१ जनालाई सेनाले अन्य शीर्षकमा राखेको छ । जेन–जी आन्दोलन र त्यसपछिका दिनमा निभाएको आफ्नो भूमिकाका साथै वार्षिक काम र अन्य विषयवस्तुबारे सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।