काठमाडौं । नेपाली सेनाले देशका ६२ महत्त्वपूर्ण संरचना तथा कारागारमा सुरक्षा तैनाथ गरेको जनाएको छ । ५० कारागारसहित तीन विमानस्थल, तीन अदालत, एक जिल्ला प्रशासन कार्यालय, आयल निगम, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलगायत गरी ६२ ठाउँमा सुरक्षा फौज तैनाथ रहेको सेनाले जनाएको छ ।
गएको भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा ६१ जना भीआईपीको हवाई उद्धार गरिएको समेत नेपाली सेनाले जानकारी दिएको छ । जेनजी आन्दोलन र उत्पन्न घटनाक्रमका बारेमा आज पत्रकार सम्मेलन गर्दै सेनाले यसबारे जानकारी गराएको हो ।
सेनाका युद्धकार्य निर्देशक अनुपजङ्ग थापाले आफूहरूको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकतामा रहेको बताएका छन् । जेनजी आन्दोलन र त्यसबाट उत्पन्न अवस्थाका कारण ७६ जनाले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया