चिनियाँ युवतीको प्रेममा डुब्दा अमेरिकी कूटनीतिज्ञ बर्खास्त

चिनियाँ युवतीको प्रेममा डुब्दा अमेरिकी कूटनीतिज्ञ बर्खास्त


ग्लोब नेपाल
189
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एक अमेरिकी कूटनीतिज्ञलाई चिनियाँ महिलासँगको प्रेमसम्बन्ध लुकाएको आरोपमा बर्खास्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले ती अधिकारीले ‘चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित एक चिनियाँ महिलासँगको प्रेमसम्बन्ध लुकाएको स्वीकार गरेपछि’ सेवाबाट हटाइएको जानकारी दिएका छन् ।

विदेश मन्त्रालयले बर्खास्त अधिकारीको नाम सार्वजनिक गरेको छैन । मन्त्रालयका अनुसार,भिडियो बयानमा ती चिनियाँ महिलाबारे बताउँदै अमेरिकी कूटनीतिज्ञले भनेका छन्, ‘उनी जासुस पनि हुन सक्थिन् ।’ तर त्यसको ठोस प्रमाण भने सार्वजनिक गरिएको छैन ।

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि जारी गरेको कार्यकारी आदेश अन्तर्गतको यो पहिलो बर्खास्ती हो । यसअघि अमेरिकाले चीनमा कार्यरत आफ्ना कर्मचारीलाई स्थानीय नागरिकहरूसँग प्रेमसम्बन्ध राख्न रोक लगाउने नीति घोषणा गरेको थियो ।