काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् । ‘जेनजी’ आन्दोलनका कारण सत्ताच्युत भएपछि सार्वजनिक रुपमा आफ्नो धारणा राख्न लागेका ओलीले दिउँसो १ बजे होटेल ए वान भेन्यू कोटेश्वर चोकमा पत्रकारहरुलाई सम्बोधन गर्नेछन् ।
एमाले केन्द्रीय कमिटीको बैठकसमेत सोही स्थानमा बसेको थियो । पत्रकार सम्मेलनलाई उनको राजनीतिक पुनरागमनको महत्वपूर्ण कडीका रुपमा हेरिएको छ ।


प्रतिक्रिया