हाम्रो भजन समूहको देउसी–भैलो

हाम्रो भजन समूहको देउसी–भैलो



स्यान्टिली, भर्जिनिया । नेपालीहरूको महान चाड तिहार पर्व उल्लासका साथ मनाउन यहांस्थित विभिन्न संघ संस्थाहरूले सक्रियताका देखाएका छन् । यसरी सक्रियताका साथ कार्यक्रम आयोजना गर्नेहरूमा नेपालीज अमेरिकन कम्युनिटी सेन्टर, अमेरिकन नेपाली सहायता समाज र हाम्रो भजन समुह रहेका छन् ।

यसैविच लक्ष्मी पूजाको पुर्व सन्ध्याको अवसर पारेर नेप्लीज अमेरिकन कम्युनिटी सेन्टरले देउसी भैलो आयोजना गरेको छ।साथै बृहत सहभागिताका लागि निमन्त्रणा समेत गरेको छ ।

यस्तै धनतेरसको अवसर पारेर भर्जिनियामा रहेका नेपाली समुदाय बिच अत्यन्त लोकप्रिय भजन पारखीको ‘हाम्रो भजन समुह’ले स्थानिय दुई फरक फरक स्थान व्रिस्टो र स्यानटिलीमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।

हिन्दु धर्मअन्तर्गत पश्चिम गण्डकी क्षेत्रका भजनहरूको प्रस्तुति गर्ने यो समूहले, यस वर्ष पनि आफ्नो मौलिक सांस्कृतिक धरोहरलाई प्रवासमा उजागर गर्दै नेपाली संस्कृति, परम्परा र नीतिको संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको हो ।

‘रंगीचंगी प्रकाश, झिलिमिली वातावरण र संगीतको धुनमा, समूहका सदस्यहरूले मनोरञ्जनात्मक रूपमा देउसी–भैलो प्रस्तुत गरिएको कार्यक्रममा देउसीको स्वागत र आतिथ्य प्रदान गर्दै सोमराज घिमिरेले भने- ‘स्थानिय सम्पूर्ण नेपाली समुदायलाई एकसाथ ल्याउने र आपसी भाइचाराको भावना झन प्रगाढ बनाउने अवसर प्रदान गर्‍यो’ । स-साना बालबालिकाहरूको समेत देउसी प्रस्तुति रहेको दुबै स्थानमा दर्शकहरूको उल्लेखनिय उपस्थिति रहेको थियो ।

भजन तथा देउसी–भैलोका माध्यमबाट नेपाली परम्परा र धार्मिक संस्कारलाई अमेरिकास्थित नयाँ पुस्तामा हस्तान्तरण गर्ने समूहको लक्ष्यलाई सहभागीहरूले उच्च प्रशंसा गरेका छन् । उपस्थित दर्शकहरूले कार्यक्रमलाई अत्यन्त सफल, रमाइलो र भावनात्मक बताउँदै आगामी वर्षहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रम निरन्तर आयोजना गर्न आग्रह गरेका छन् ।

“हाम्रो भजन समूह” ले नेपाली मौलिकता, कला, र संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउने धेयका रूपमा आफ्नो गतिविधिलाई अगाडी बढाउदै आएको समुहका अध्यक्ष भरत सुवेदीले बताएका छन् ।