प्रचण्डको सचिवालयबाट राजीनामा दिइन् गंगा दाहालले

प्रचण्डको सचिवालयबाट राजीनामा दिइन् गंगा दाहालले



काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन् ।

प्रचण्डको सचिवालयबाट राजीनामा दिएको विषय दाहालले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।उनी प्रचण्डकै छोरी पनि हुन् ।

पछिल्लो समय आफूलाई देखाएर माओवादी केन्द्र र त्यसका संयोजक प्रचण्डविरूद्ध योजनाबद्ध प्रहार भएका कारण राजीनामा दिएको गंगाले बताएकी छन् ।

‘मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु,’ उनले भनेकी छन् ।