काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन् ।
सरकारले मंगलबबार राजनीतिक दलहरूसँग गरेको वार्ताले सरकार बिस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास दिए पनि अझै निर्वाचनको वातावरण बनि नसकेको उनको भनाइ थियो ।
उनले अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्ने बताए ।
वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै उनले समाजवादी मोर्चामा रहेका पार्टीहरू एकता प्रक्रियातर्फ अगाडि बढेको उल्लेख गरे । छठ पर्वपछि वामपन्थी एकताको नयाँ परिस्थिति देखिने उनले विश्वास व्यक्त गरे ।


प्रतिक्रिया