देउसीभैलोमा कुटपिट हुँदा सन्तबहादुरको मृत्यु

देउसीभैलोमा कुटपिट हुँदा सन्तबहादुरको मृत्यु


ग्लोब नेपाल
81
Shares

नवलपरासी पूर्व । विनयी त्रिवेणी गाउँपालिकामा देउसीभैलो कार्यक्रममा भएको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ । भाइटीकाको राति भएको उक्त घटनामा ४४ वर्षीय सन्तबहादुर ठाडाको स्थानीयको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वका अनुसार विनयी त्रिवेणी वडा नम्बर ४ गोग्दीमा देउसीभैलो हेर्ने क्रममा भएको विवादले झडपको रूप लिएको थियो । सोही क्रममा स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका ठाडाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय रिंकु गुरुङ, धरन पाइजा र एक नाबालक रहेका छन् । उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चाडपर्वको रमझममा भएको यो दुखद घटनाले स्थानीय समुदायमा शोक छाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।