बाबुल गिरीविरुद्ध नितु पौडेलको परिवारले दियो प्रहरीमा जाहेरी

बाबुल गिरीविरुद्ध नितु पौडेलको परिवारले दियो प्रहरीमा जाहेरी


ग्लोब नेपाल
216
Shares

काठमाडौं । गायिका नितु पौडेलको परिवारले संगीतकार तथा गायक बाबुल गिरीविरुद्ध जाहेरी दिएको छ ।

गत शनिवार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

आज बिहान साढे ८ बजे कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भयो । मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको हो । गिरी र पौडेल लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा छ ।