खगेन्द्र सुनारलाई मन्त्री बनाउने कि नबनाउने भन्नेबारे बालुवाटारमा छलफल

खगेन्द्र सुनारलाई मन्त्री बनाउने कि नबनाउने भन्नेबारे बालुवाटारमा छलफल



काठमाडौं । नेपाली कांग्रेसमा आबद्ध रहेका अभियन्ता खगेन्द्र सु्नारलाई मन्त्री बनाउने कि नबनाउने भन्नेबारे बालुवाटारमा छलफल भएको छ ।

बालुवाटार स्रोतका अनुसार सुनारको विवादित पृष्ठभूमि भन्दै चौतर्फी आलोचना भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सुनारको शपथ लिने तयारी अन्योलमा परेको छ ।

स्रोतका अनुसार यसअघि चार जनाको नाम राष्ट्रपति कार्यालाय पठाइएको थियो, जसमा डा. सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारको नाम मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर, सुनारको फैजदारी कसुर कायमै रहेको देखिँदा के गर्ने भन्ने अन्योल भएकाे हाे । उनलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मन्त्रीका लागि सिफारिस गरेकाे खुलेकाे छ ।

सुनारमाथि विभिन्न जिल्लामा दर्जनाैँ मुद्दा रहेकाे देखिएकाे छ । उनीविरुद्ध अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।