तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार बढ्याे

तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार बढ्याे



काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १९ अङ्कले बढेर २ हजार ५ सय ९ दशमलव ०४ विन्दुमा पुगेको छ ।

आज अन्य समूहको शेयर ३ प्रतिशत तथा बीमा, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढेकोमा अरू समूहको शेयर घटेको छ । आज ९८ वटा कम्पनीको शेयर बढेकोमा १ सय ४६ वटाको घटेको छ । यस्तै ४ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सिद्धार्थ बैंकको एसबीएल डिबेन्चर २०८९ को शेयर १० प्रतिशतले बढेको छ । बजार समान्य बढेको दिन तारागाउँ रेजेन्सी होटल र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको कात्तिक २ गते २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ३ सय १३ वटा कम्पनीका ५५ लाख ९६ हजार कित्ता शेयर २ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ ।