काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लगायतको राहदानी र स्थान हद विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता प्रेमराज सिलवालले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हद तोकेको विरुद्ध रिट अदालतमा पेस गरेका हुन् ।
यसको पहिलो पेसी बिहीबार तोकिएको छ ।


प्रतिक्रिया