बाँके । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण शुरू भएको छ ।
६ दशकअघि निर्माण गरिएको पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो ।
नेपालगञ्जको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार आठ करोड ९६ लाख तीन हजार चार सय ६८ रुपैयाँमा निर्माण कम्पनीसँग चार लेनको पक्की पुल बनाउने सम्झौता भएको छ ।
आउँदो वैशाखसम्ममा निर्माण पूरा गर्नेगरी सम्झौता भएको हो ।
एकतर्फी रूपमा गाडी सञ्चालन हुनेगरी पुलको एक भाग निर्माण नभएसम्म गाडी व्यवस्थापनका लागि पुरानो पुल नभत्काइने सूचना अधिकारी पाण्डेले बताए ।
हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि निर्माण हुन नसकेको पुल चार लेनको बन्ने भएपछि बर्खामा बाँके र बर्दियाका नागरिकलाई यात्रा गर्न सहज हुने छ ।


प्रतिक्रिया