दल दर्ता गर्दै रेशम- पार्टीको नाम ‘नाउपाने’, चुनाव चिह्न जाँतो

दल दर्ता गर्दै रेशम- पार्टीको नाम ‘नाउपाने’, चुनाव चिह्न जाँतो



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका श्रीमान रेशम चौधरीले बिहीबार आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन पेश गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी नेपाल नाम प्रस्ताव गरेका चौधरीले ४५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका छन् भने जाँतो चुनाव चिन्ह प्रस्ताव गरेका हुन् ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट चुनिएका अधिकांश केन्द्रीय सदस्य रेशमलालले घोषणा गरेको नयाँ पार्टीमा समाहित भएका छन् ।

उनीसहित अन्य नेताहरू एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् । उनीहरूले अहिले दल दर्ताको आवश्यक कागजात आयोगसमक्ष पेश गरेका छन् ।

रेशमलालले भदौ २९ गते नयाँ पार्टी गठनको घोषणा गरेका थिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै संरक्षक रेशमलाल रुष्ट बनेका थिए ।