काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ । सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् ।
सार्वजनिक ११ वटा निर्णयमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा हेरफेर गर्ने, मोरक्कोमा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने उल्लेख छ ।


प्रतिक्रिया