अतिक्रमित र मापदण्ड विपरीतका संरचना ७ दिनभित्र हटाउन महानगरको निर्देशन

अतिक्रमित र मापदण्ड विपरीतका संरचना ७ दिनभित्र हटाउन महानगरको निर्देशन


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिइएको छ ।

महानगर र प्राधिकरणले आज एक संयुक्त सार्वजनिक सूचना जारी गर्दै असोज २ गते बसेको काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न निर्देशन दिइएको हो ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।