देशभरका नर्सहरु उत्रिए आन्दोलनमा

देशभरका नर्सहरु उत्रिए आन्दोलनमा



काठमाडौं । देशभरका नर्सहरु आन्दोलनमा उत्रिएका छन् । न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार विरोध प्रदर्शनमा उत्रिएका नर्सहरुले सरकारीसरह सुविधाको माग राखेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन, सबै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारीसरह नघट्ने गरी व्यवस्था, अतिरिक्त कार्यवापत भत्ता, ज्यालादारीको अन्त्य, तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने नर्सहरुका मुख्य मागहरु हुन ।

नर्सिङ संघले कात्तिक १८ गतेसम्म माग पुरा नभए कडा आन्दोलनको चेतावनी संघले दिएको छ ।