हर्क साङपाङको पार्टीमा केन्द्रीय समिति २८ सदस्यीय

हर्क साङपाङको पार्टीमा केन्द्रीय समिति २८ सदस्यीय



काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङको दल ‘श्रम संस्कृति पार्टी’ को केन्द्रीय समिति २८ सदस्यीय रहेकाे छ ।

निर्वाचन आयोगमा साङपाङले गत असोज ६ गते दल दर्ताका लागि निवेदन दिएका थिए । निवेदनमा ५ सदस्यीय पदाधिकारीसहित २८ सदस्यीय केन्द्रीय समितिको नामावली पेश गरेको भेटिएको हो । ५ पदाधिकारीमा खस आर्य शून्य छन् । अध्यक्ष साम्पाङ आफैँ, उपाध्यक्ष राजकुमार तामाङ लामा, महासचिव आरेन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन् ।

उपाध्यक्ष लामा बुढानीलकण्ठ नगरपालिका ११ काठमाडौं, महासचिव राई केपिलासगढी गाउँपालिका १ खोटाङ, कोषाध्यक्ष राई भद्रपुर नगरपालिका १ झापा र प्रवक्ता गुरुङ धरान उपमहानगरपालिका १६ सुनसरीका हुन् ।

यस्तै केन्द्रीय सदस्यमा पञ्चलाल तामाङ जनजित (बागमती गाउँपालिका ३ मकवानपुर), आशा लामा (काठमाडौं महानगरपालिका काठमाडौं), लक्ष्मी राई (इलाम नगरपालिका १२ इलाम) समीर तामाङ (धरान उपमहानगरपालिका ११ सुनसरी) मेघराज दुलाल (दमक नगरपालिका २ झापा), पुष्पा राई (काठमाडौं महानगरपालिका ३१ काठमाडौं), धनबहादुर श्रेष्ठ (टोखा नगरपालिका २ काठमाडौं), गोपालबहादुर खड्का (बयरबन गाउँपालिका २ मोरङ) रहेका छन् ।

यस्तै लोकनाथ चुडाल (चन्द्रगढी नगरपालिका ९ झापा) सुनिता राई (धरान उपमहानगरपालिका १३ सुनसरी), चन्द्रकला यासा (धरान उपमहानगरपालिका १६ सुनसरी), मिश्रा राई (पोक्ताङलुङ गाउँपालिका १ भोजपुर), दीपेन्द्र डंगोल (टोखा नगरपालिका ९ काठमाडौं), सुन्दर लामा (हेटौडा उपमहानगरपालिका १५ मकवानपुर), अञ्जली राई (खोकु ९ धनकुटा), सुवास घिसिङ (गौधारा ८ रामेछाप), रेणुका राई (केपिलाशगढी गाउँपािलका २ खोटाङ)०, जितेन राई (शनिअर्जुन नगरपालिका १० झापा) अम्बिकादेवी संग्रौला (धरान उपमहानगरपालिका १३ सुनसरी), प्रसाद राई (आमचोक गाउँपालिका ८ भोजपुर), रमन राई (तपेश्वरी १ सुनसरी) र सुरेश घिसिङ (शैलुङ गाउँपालिका १ दोलखा) रहेका छन् ।

दल दर्ताको प्रक्रिया अन्तरगत नै पार्टी अध्यक्ष साङपाङ, पदाधिकारी तथा केन्द्रीय सदस्यले कात्तिक २ गते आयोगमा पुगेर सनाखत गरिसकेका छन् ।